कृषिसम्बन्धी कानुनको बिरोधमा भारतीय किसान सडकमा, भारत बन्दले जनजीवन अस्तव्यस्त
नयाँ दिल्ली। सरकारले ल्याएको कृषिसम्बन्धी विवादास्पद कानूनको बिरोधमा आज भारतीय किसानले भारत बन्द आयोजना गरेका छन्। ‘किसानबिरोधी’ कानुन तत्काल खारेजीको माग गर्दै संयुक्त किसान मोर्चा (एसकेएम) ले गरेको देशव्यापी बन्दका कारण भारतको जनजीवन अस्तव्यस्त बनेको छ। एसकेएम चालिस भन्दा बढी किसानहरुको संघ/संस्थाहरुको छाता संगठन हो।
बन्दका कारण राजमार्ग, उद्योगधन्दा तथा कलकारखाना प्रभावित बनेका छन्। किसानको बन्द कार्यक्रकलाई प्रमुख प्रतिपक्ष कंग्रेसलेसमेत समर्थन गरेको छ।
बन्दका कारण विभिन्न राज्यमा सरकारी तथा निजी कार्यलय, शैक्षिक संस्था, पसलसमेत बन्द छन्। किसानहरुले विभिन्न राजमार्गमा अबरोध सृजना गरेर यातायात सेवा ठप्प पारेका छन्। पन्जाब प्रान्तमा कंग्रेसका प्रान्तीय प्रमुख नभजोत सिंह सिन्धुले पार्टीका सम्पूर्ण कार्यकर्तालाई किसान आन्दोलन समर्थन गर्न आह्वान गरेका छन्।
बिभिन्न राज्यमा नारा र जुलुससहित निस्केका किसानका कारण ट्राफिक अस्तव्यस्त बनेको छ। सरकारले ल्याएको कानुनले ठूला निजी कम्पनीलाई अनावश्यक शक्ति प्रदान गरेको र त्यसको असर कृषि क्षेत्र र किसानमा परेको किसानहरूले गुनासो गरेका छन्।







डिसी नेपाल







Facebook Comment