संसारकै सबैभन्दा शक्तिशाली महिलाको उत्तराधिकारी को ? यी हुनेछन् किंगमेकर
काठमाडौं। सुरुवाती मत परिणामका आधारमा जर्मनीको सेन्टर लेफ्ट सोसल डेमोक्रेटिक पार्टी (एसपीडी)ले निकै सानो अन्तरले जर्मनीकी चान्सलर एज्नेला मर्केलको पार्टीलाई देशको संघीय निर्वाचनमा हराएको छ । एसपीडीले २५.७ प्रतिशत मत पाएको छ । सत्तारुढ कन्जरभेटिभ गठबन्धनले २४.१ प्रतिशत मत पाएको छ । ग्रीन्स पार्टीले आफ्नो इतिहासमै सबैभन्दा धेरै मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । उसले १४.८ प्रतिशत मत पाएको छ । तर, अब सरकार बनाउनको लागि एउटा सत्ता गठबन्धन बनाउनु पर्नेछ ।
सुरुवाती परिणाममा बढत हासिल गरेसँगै एसपीडीका नेता ओलाफ शल्ट्सले पहिले आफ्नो पार्टीले पूर्ण बहुमत पाउने र सरकार बनाउने बताएका थिए । तर, पछि उनको पार्टीले बहुमत पाउने देखिएन । एग्जिट पोलमै निर्वाचनमा कुनै पनि परिणामा आउन सक्ने भनिएको थियो र यो चुनाब सुरुदेखि नै अप्रत्याशित थियो । यसको परिणामले पनि अहिल्यै आगामी सरकारबारे केही पनि बताउन सक्ने अवस्था छैन ।
जबसम्म नयाँ गठबन्धन बन्दैन तबसम्म एन्जेला मर्केल संरक्षक सरकारको नेतृत्व गरेर चान्सलर रहिरहनेछिन् । त्यसपछि भने निश्चित रुपमा नयाँ चान्सलर बन्नेछन् किनकि मर्केलले अब चान्सलर नबन्ने घोषणा गरिसकेकी छिन् । अब बन्ने नयाँ चान्सलरको अगाडि युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई आगामी ४ वर्ष नेतृत्व गरेर अगाडि लैजाने र जलवायु परिवर्तनका मुद्दामा काम गर्ने जिम्मेवारी छ किनकि जलवायु परिवर्तन यसपटक मतदाताको एजेण्डामा शीर्षमा थियो ।
शल्ट्सलाई एसपीडी समर्थकले बधाइ दिएका छन् तर कन्जरभेटिक प्रतिद्वन्द्वीले पनि हार मानेका छैनन् । आइतबार राती कुनै एक पार्टीको पक्षमा परिणाम नआइरहेका बेला ‘शायद २ चान्सलर र २ किंगमेकर हुनेछन्’ भनिएको थियो । यस्तो यसकारण भनिएको थियो किनकि न सोसल डेमोक्रेट न कन्जरभेटिभ नेताले सत्ता पाउँदै थिए । बरु अब दुई किंगमेकर ग्रिन्स र लिबरल (एफडिपी) मैदानमा आएका छन् र नयाँ सरकार गठनको लागि यिनीहरुको समर्थनको आवश्यकता पर्नेछ ।
लिबरल र ग्रिन पार्टीले एक चौथाइ मत पाएका छन् र उनीहरुले दुवै ठूला पार्टीहरुलाई आफ्नो समर्थन माग्नका लागि लाइनमा उभ्याउन सक्छन् । ३० वर्षभन्दा कम उमेरका मतदाताको बीचमा यी दुवै पार्टीहरु मुख्य पार्टीभन्दा धेरै लोकप्रिय छन् । तर, यी दुईलाई साथमा ल्याउनको लागि केही मुद्दामा यिनीहरुको विचार मानिनुपर्छ । ग्रीन्सकी नेता एनालेना बेयरबक जर्मनीलाई ऋणबाट छुटकारा दिलाउन चाहन्छिन् जसबाट सार्वजनिक ऋण बढ्नबाट रोक्न सकियोस् । एफडिपी नेता क्रिस्टियान लिंडनर कर बढाउने र ऋणबाट मुक्तिको विचारमा छन् ।
जर्मन चान्सलर एन्जेला मर्केललाई वर्तमान समयमा संसारकै सबैभन्दा शक्तिशाली महिला मानिन्छ । यस्तोमा उनको उत्तराधिकारी को होला भन्नेतर्फ चासो बढेको छ । उनको उत्तराधिकारी जो भए पनि त्यसको छिनोफनो गर्ने ‘किंगमेकर’को भूमिकामा ४० वर्षकी महिला एनालेना बेयरबक प्रमुख हुनेछिन् । उनी ग्रिन्स पार्टीकी प्रमुख नेता हुन् ।
निर्वाचनसँगै अहिले सम्भावित गठबन्धनको पूर्वानुमान समेत गर्न थालिएको छ । यसमा ग्रिन्स र लिबरलबीच गठबन्धन हुने धेरै सम्भावना देखिएको छ । तर, अन्य गठबनधन पनि हुन सक्छन् जसलाई अलग अलग ट्राफिक लाइटको हिसाबले वर्गीकरण गरिएको छ । जस्तो कि रातो लाइटको हिसाबले एसपीडी र एफडिपी गठबन्धन हुन सक्छ । हरियो लाइटको हिसाबले सीडीयु, एफडिपी र ग्रिन्सबीच गठबन्धन हुन सक्छ ।
जर्मनीमा तीनतर्फी गठबन्धन हुने अवस्था देखिएको पहिलो पटक हो । यससँगै यो पुरोपेली देश नयाँ राजनैतिक युगमा पुगेको छ र अहिलेसम्म छलफल सुरु हुन बाँकी छ । चार मुख्य पार्टीहरुबाहेक कट्टर बाम र दक्षिणपन्थी दलहरुको लागि यो चुनाब निकै नराम्रो रातजस्तै भएको छ । बामपन्थी दल डि लिंकाले ५ प्रतिशतभन्दा कम मत पाएको छ । यहाँ संसदमा प्रवेश पाउन ५ प्रतिशत मत अनिवार्य पाउनुपर्छ तर यसको लागि उनीहरुले ३ प्रत्यक्ष जनादेश सुनिश्चित गरेका छन् । दक्षिणपन्थी दल एएफडीको राष्ट्रिय स्तरमा मत घटेको छ तर पूर्वी राज्यहरु सेक्सनी र थुरिंगेनमा यो ठूलो दल बनेको छ ।







डिसी नेपाल







Facebook Comment