आफ्ना लडाकुको मोजमस्तीले तालिबानलाई तनाब, जारी गर्यो यस्तो आदेश
काठमाडौं। तालिबानले अफगानिस्तानमा रहेका सर्वसाधारणको जीवनमा अंकुश लगाउने गरी कैयौं आदेश दिइरहेका बेला अहिले आफ्नै लडाकुको लागि पनि कडा आदेश जारी गरेको छ । रिपोर्टका अनुसार तालिबानले लडाकुहरुलाई पर्यटकीय स्थलमा गएर मोजमस्ती नगर्न र सेल्फी खिचेर सामाजिक संजालमा पोस्ट नगर्न चेतावनी जारी गरेको छ । यस्तो गर्नु आफ्नो संगठनको छविको लागि घातक हुने संगठनले बताएको छ ।
वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार तालिबानी लडाकुहरु ड्युटीमा नभएका बेला हातमा बन्दुक बोकेर पिकनिक जान्छन् वा एम्युजमेन्ट पार्क घुम्न जान्छन् । अफगानिस्तानका अन्य क्षेत्रबाट पनि कैयौं तालिबानी लडाकुहरु काबुल आइरहेका छन् र त्यहाँ रहेका पर्यटकीय स्थलहरुको मजा लिइरहेका छन् । तर, तालिबानको शीर्ष नेतृत्वलाई यो मन परिरहेको छैन । यही कारण तालिबानका रक्षा मन्त्री मोहम्मद याकुबले आफ्ना लडाकुको लागि कडा आदेश जारी गरेका छन् ।
मोहम्मद याकुबले लडाकुहरुलाई जुन काम दिइएको छ त्यसैमा केन्द्रित हुन भनेका छन् । लडाकुहरुको यस्तो व्यवहारले तालिबानको छवि खराब गरिरहेको भन्दै उनले यसो नगर्न भनेका छन् । तालिबानको अहिलेको प्रतिष्ठा सयौं सहिदको बलिदानबाट प्राप्त भएको भन्दै उनले यसलाई खराब नगर्न भनेका छन् । उनले खासगरी सेल्फी लिएर सामाजिक संजालमा पोस्ट गर्ने लडाकुलाई चेतावनी दिएका छन् ।







डिसी नेपाल







Facebook Comment