के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

डिसी नेपाल
१२ असोज २०७८ ९:३६
116
Shares

 

काठमाडौं । नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पर्दाथको अभाव नहुने स्पष्ट पारेको छ। निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार र छठमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी दिएका हुन्।

राजधानीमा आयोजित बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै गोइतले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सही अवस्थामा रहेको बताए।

उनका अनुसार ७९ प्रतिशत इन्धन मौज्दात छ। नेपालमा डिजेल बढी खपत हुने भएकाले कुल खपतको ६० प्रतिशत डिजेल मौज्दात रहेको गोइतले जानकारी दिए। भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको र मौज्दात पनि भएकाले पेट्रोल, डिजेल तथा एलपी ग्यासकोसमेत कुनै अभाव नरहेको उनको भनाइ छ।

‘जतिबेला पाइपलाइन थिएन रक्सौलमा जामले समस्यारअभाव हुन्थ्यो । अहिले आपूर्तिमा समस्या छैन,’ उनले भने।
निर्देशक गोइतले यसपालि पनि दशैं अवधिभर पेट्रोल पम्प खुला रहने उल्लेख गरे । ‘दशैंमा देशभर पम्प खुल्छ । सप्तमी पछि दुई दिन बन्द हुन्छ । तर मागअनुसार खुला हुन्छ,’ उनले भने, ‘चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुँदैन ।’

ग्यासको खपत घट्यो
एलपी ग्यासका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले पनि नेपालमा ग्यासको अभाव नरहेको बताए । कोभिड महामारीले खपत नै घटेकाले पनि चाडपर्वमासमेत अभाव हुने अवस्था नभएको उनको भनाइ छ ।

‘नाकाबन्दी र भूकम्पपछि ग्यासको सायदै अभाव भएको छ । हरेक वर्ष १७ प्रतिशतले खपत वृद्धि भइरहेको छ । तर कोभिड संक्रमण महामारीले झण्डै २० प्रतिशतले खपत घटेको छ । व्यापार नै ३५ प्रतिशतसम्म घटेको छ । त्यसकारण अभाव हुने अवस्था नै छैन,’ उनले भने । नेपालमा उपभोग्य सामग्री र भ्याक्सिनमा समस्या नभएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.