उत्तर कोरियाले जापानको क्षेत्रमा मिसाइल हान्यो
काठमाडौं। उत्तर कोरियाले एक पटक फेरि मिसाइल हानेको छ । यसपटक उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा मिसाइल हानेको हो । यसअघि केही दिन पहिले उत्तर कोरियाले कोरियन प्रायद्विपको पूर्वी किनाराबाट समुद्रतर्फ २ मिसाइल हानेको थियो ।
दक्षिण कोरियाली सेनाको दावीअनुसार उत्तर कोरियाले आज बिहान कम्तीमा एउटा मिसाइल हानेको छ जुन जापानको समुद्री क्षेत्रमा खसेको छ । यो समुद्री क्षेत्रलाई इस्ट सी नामले पनि चिनिन्छ । यसको ठिक एक दिन पहिले उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ताको इच्छा देखाएको थियो ।
यसअघि यही महिना दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले जापानकै समुद्रमा नयाँ क्रुज र ब्यालेस्टिक मिसाइन हानेको बताएको थियो । जापानी मिडियाले रक्षा मन्त्रालयको हवाला दिँदै यो संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको त्यही मिसाइल हुन सक्ने बताएको थियो । दक्षिण कोरियाका ज्वाइन्ट चीफ अफ स्टाफले अमेरिकी अधिकारीहरुसँग मिलेर घटनाबारे निगरानी गरिरहेको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment