भ्रष्टाचार मुद्दामा अमेरिकामा पक्राउ परेका पेरुका पूर्व राष्ट्रपतिलाई पेरुलाई नै सुपुर्दगी गरिने

डिसी नेपाल
१३ असोज २०७८ १०:३५
104
Shares

काठमाडौं। २ वर्षअघि भ्रष्टाचारको अभियोगमा अमेरिकामा पक्राउ परेका पेरुका पूर्व उपराष्ट्रपति अलेजान्द्रो टोलेडोलाई पेरुलाई नै सुपुर्दगी गर्नको लागि बाटो खुलेको छ । मंगलबार अमेरिकाका एक न्यायाधीशले पूर्व राष्ट्रपतिविरुद्ध कारवाही अगाडि बढाउनका लागि पर्याप्त प्रमाणहरु पेश गरिएको भन्दै उनलाई सुपुर्दगी गर्नको लागि स्वीकृति दिएका छन् ।

टोलेडोमाथि आफू राष्ट्रपति रहँदा २००१ देखि २००५ को बीचमा ब्राजिलियन निर्माण कम्पनी ओडेब्रेचसँग २० मिलियन डलर घुस लिएको आरोप छ । उनले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन् । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका र स्टानफोर्ड युनिभर्सिटीमा भिजिटङ स्कोलार समेत भएका ७५ वर्षीय टोलेडोले यसअघि आफूमाथि लगाइएको आरोप राजनैतिक रुपले प्रेरित भएको बताएका थिए ।

पेरुका जाँच एजेन्सीहरुले भने टोलेडोले सार्वजनिक निर्माणको ठेक्का दिएवापत करोडौं डलर घुसमा लिएको आरोप लगाएका छन् । पेरुले २०१८ मा अमेरिकालाई टोलेडोलाई सुपर्दगी गर्नको लागि अनुरोध गरेको थियो । ओडेब्रेचले यसअघि अमेरिकाको न्याय विभागसँग ल्याटिन अमेरिकाका विभिन्न सरकारहरुलाई करिब ८०० मिलियन डलर घुस दिएको स्वीकार गरेको थियो ।

अमेरिकाको नर्दर्न डिस्ट्रिक्ट अफ कोलम्बिया जिल्ला अदालतका न्यायाधीश थोमस हिक्सनले अदालतमा पेश गरिएका प्रमाणहरु टोलेडोले गैरकानुनी काम र अवैध मुद्रा अपचलन गरेको विश्वास गर्नको लागि पर्याप्त रहेको बताउँदै पेरुको आग्रहबमोजिम उनलाई सुपुर्दगी गर्न स्वीकृति दिने फैसला गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *