महिला च्याम्बरको सक्रियतामा अर्गानिक उत्पादनको व्यापार मेला सुरु

डिसी नेपाल
१३ असोज २०७८ २०:५४
32
Shares

काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरमा नेपाल महिला च्याम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य बस्तुहरुको प्रवद्र्धनको लागि व्यापार मेला सुरु भएको छ । आज (बुधबार) महिला च्याम्बरले एक औपचारिक कार्यक्रममार्फत ‘दसैँ, तिहार उपभोक्ता व्यापार मेला–२०२१’को उद्घाटन गरेको हो ।

सो अवसरमा महिला च्याम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुको अग्रसरतामा भएको यसप्रकारको व्यापार मेलाले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी थिइन् । उनले कोरोनाको कारणले थला परेको साना उद्योग व्यवसायलाई उत्थान गर्नमा यसप्रकारको व्यापार मेला सहयोगी हुने विचार व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष रमेश मल्लले देशमा उत्पादन वृद्धि गरी स्वरोजगार सृजना गरी कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा महिला उद्यमीहरुले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । साथै, उनले अब कोरोना संक्रमणबाट डराएर बस्ने हैन, महामारी संगसंग लड्दै व्यापार व्यवसाय पनि प्रवद्र्धन गर्दै लग्नुपर्छ भन्ने सन्देश यस व्यापार मेलाले दिएको बताएका थिए ।

विशेषत:लोकल प्रोडक्ट(स्थानीय उत्पादन)लाई बढवा दिन सो मेलाको आयोजना गरिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.