कोभिडका कारण गन्ध हराएका बिरामीलाई भिटामिन ए प्रभावकारीः अनुसन्धान

डिसी नेपाल
१४ असोज २०७८ ७:५७
240
Shares

लन्डन। कोभिडका कारण गन्ध हराउने लक्षणको उपचारमा नाकमा हाल्ने भिटामिन एको थोपा प्रभावकारी हुने वेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। इस्ट एंगिला विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्तो दाबी गरेका हुन्।

यस बारेमा अनुसन्धानकर्ताहरुले १२ साता लामो परीक्षण गरिरहेका छन्। परीक्षणकै क्रममा गन्ध थाहा नपाएका केही बिरामीलाई उपचार गरिने भएको छ।

बिरामीलाई गुलाफको फुल र कुहिएको अन्डाको गन्ध सुँध्न लगाइने छ। त्यसपछि भिटामिन एले गन्धसम्बन्धी नशालाई ठिक बनाएको वा नबनाएको निस्कर्ष निकालिनेछ । गन्ध थाहा पाउन सक्ने क्षमता हराउनु कोभिडको प्रमुख लक्षण हो। कोभिडका केही बिरामी लामो समयसम्म गन्धसम्बन्धी समस्याबाट पीडित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.