एमालेको विधान महाधिवेशनः प्रतिनिधिलाई खाना, आवासदेखि गाडीसम्म व्यवस्था

डिसी नेपाल
१४ असोज २०७८ १५:०९
100
Shares

काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिलाई खाना, खाजा, आवासदेखि गाडीसम्म व्यवस्था गरिएको छ।बिहीबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा ’बादल’द्वारा जारी विज्ञप्तिमा महाधिवेशनका लागि ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ।

प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सवारी चालकलाई महाधिवेशन हलमै खानाको व्यवस्था गरिएको छ।प्रतिनिधिलाई आवासको व्यवस्थापन गरिएको छ ।निजी सवारी नहुने प्रतिनिधिलाई झण्डासहित बसहरुको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।महाधिवेशनलाई व्यवस्थित बनाउन युवा संघ, अनेरास्ववियूलगायत २ सयको संख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ।

विधि र नीतिसँग सम्बन्धित रहेर महाधिवेशन केन्द्रीत रहेको संयोजक थापाले बताए । उनका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुतदेखि पार्टीको आगामी आन्दोलन कार्यभार र नेतृत्व निर्माणको विषय, विचारधाराको बहस हुने छ ।महाधिवेशन शुक्रबारदेखि ३ दिनसम्म गोदावरीमा चल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.