भ्रष्टाचार काण्डः अख्तियारको फन्दामा गाउँपालिका अध्यक्षसहित ६ जना कर्मचारी
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अध्यक्ष टंकबहादुर मुक्तानसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल, लेखापाल सुजन श्रेष्ठ र फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजालविरूद्ध मुद्दा दायर गरेको हो।
आयोगले आरोपीहरुसँग २ लाख ६० हजार ९०० बिगो मागदावी लिएको छ । आर्थिक वर्ष २०७५–७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दा कामभन्दा बढी रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले बताए ।
यता फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय र बिगो जफत गर्न अख्तियारले माग गरेको छ। त्यस दफामा कसुरको मात्रा अनुसार दुई वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख छ।







डिसी नेपाल








Facebook Comment