एमालेका पार्टी सदस्य छ लाख ! (सांगठनिक प्रतिवेदनको पूर्णपाठ)

डिसी नेपाल
१५ असोज २०७८ १९:४७

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्य छ लाख पुगेको बताएको छ ।

पार्टीको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार ७७२ जना पार्टी सदस्य रहेकामा अहिले त्यो संख्या बढेर छ लाख पुगेको जनाएको हो ।

आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमा एमालेका छ लाख सदस्य रहेको दाबी गरिएको छ ।

यस्तै, प्रतिवेदनमा पार्टी मुलुकको प्रमुख शक्तिका रूपमा केन्द्रीय सरकारलगायत राज्यका विभिन्न निकायको नेतृत्व गर्ने ठाउँमा पुगेपछि जनतासँगको सम्बन्ध विस्तार भएको र सोहीअनुरूप पार्टी सदस्यता संख्या पनि उल्लेखनीय वृद्धि हुँदै गएको बताइएको छ ।

पार्टीले ५ पुस २०७७ पछि पार्टीमा युवाको आकर्षण बढेको जनाएको छ । ती युवालाई व्यवस्थित कार्ययोजनासहित पार्टीको काममा जोड्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *