काठमाडौंमा दक्षिणकालीबाहेक १० पालिकामा कांग्रेसको अधिवेशन आजबाट
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत आजदेखि काठमाडौंमा पालिका अधिवेशन सुरु हुने भएको छ। देशकै ठूलो महानगरसहित ११ वटा पालिका रहेको कामाडौंमा दक्षिणकालीबाहेक आजबाट १० वटा पालिकाको अधिवेशन सुरु हुने भएको हो।
दक्षिणकाली नगरपालिकामा वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसकेकाले पालिका अधिवेशन अनिश्चित बनेको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए। निर्वाचन समितिले पठाएको अन्तिम मतदाता नामावलीमा असन्तुष्टि व्यक्त गर्दै त्यहाँ वडा अधिवेशन हुन नसकेको आचार्यले बताए।
‘दुई पटक मतदाता नामावली पठाइसकेका छौँ तर पनि सहमति गरेका छैनन्’, आचार्यले भने, ‘पछिल्लो पटक भने पुनः नामावली पठाउनु भन्नु भएको छ, हामी निर्वाचनमै व्यस्त बनेकाले भोलि सम्म पठाउछौँ।’ ५ असोजबाट सुरु भएको काठमाडौंको वडा अधिवेशनको अन्तिम परिणाम आउन ढिलो भएकाले आजका लागि पालिका अधिवेशनको मिति तोकिएको थियो।
देशकै ठूलो र जेठो काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभागृहमा संचालन हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको काठमाडौं महानगर समितिले १५ वर्षपछि नेतृत्व पाउन लागेको छ। ११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि बाह्रौं र तेह्रौं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन भएन।
लामो समयपछि अधिवेशन हुन लागेकोले पनि काठमाडौं महानगरको कांग्रेस नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । महानगरको सभापतिका लागि संस्थापनबाट प्रगतिमान रञ्जित र संस्थापनइतर समूहबाट नीलकाजी शाक्य चुनावी प्रतिस्पर्धा गर्दैछन्।







डिसी नेपाल








Facebook Comment