कांग्रेस जिल्ला नेतृत्व चयनमा मनाङ पहिलो, सभापतिमा शंकर गुरुङ

डिसी नेपाल
१७ असोज २०७८ ७:५२
108
Shares

लमजुङ। नेपाली कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ चयन भएका छन्। १४ औँ महाधिवेशनअन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनले गुरूङलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो । जारी महाधिवेशनमा जिल्ला नेतृत्व चयनमा मनाङ पहिलाे जिल्ला बनेकाे छ।

गुरुङ कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन्। उनी कांग्रेस विभाजित हुँदा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको पनि जिल्ला सभापति भएका थिए।

उपसभापतिमा यज्ञ घले र चन्द्र घले चयन भएका छन्। सचिवमा सुरेन्द्र गुरुङ र महेन्द्र घले छानिएका छन् । कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भए । सहसचिवमा काशिराम गुरुङ र सागर गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ।

मनाङबाट महाधिवेशन प्रतिनिधिमा सभापति शंकर गुरुङ, पूर्वसांसद पाल्टेन गुरुङ, पूर्वमन्त्री एवम् निवर्तमान सभापति टेकबहादुर गुरुङ, कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टाँसी गुरुङ, गीता गुरुङ चयन भएका छन्।

यसअघि दुई कार्यकाल नेतृत्व सम्हालेका निवर्तमान जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको संयोजकत्व र कार्यकर्ताबीच छलफल गरी नयाँ नेतृत्व टुंगो लगाइएको कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.