काठमाडौंका ७ नगरमा कांग्रेसका क–कसले जिते ? (सूचीसहित)

डिसी नेपाल
१७ असोज २०७८ ११:१५
524
Shares

काठमाडौं। नेपाली कांग्रेसको काठमाडौंका सात वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ। शनिबार अधिवेशन सम्पन्न भएका सात वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो।

अन्तिम परिणाम सार्वजनिक हुनेमा बूढानीलकण्ठ, कागेश्वरी–मनहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर नगरपालिका रहेका छन् । परिणाम सार्वजनिक भएका सबै पालिका मतदानबाट नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ।

बूढानीलकण्ठमा राजाराम

कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्। सभापति पदका लागि शनिबार भएको निर्वाचनमा बुढाथोकी एक सय ५५ मत ल्याई विजयी भएका हुन् । उनका नजिकका प्रतिष्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन्।

यस्तै उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् भने सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी विजयी भए। सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ। विजयी सबै राजारामकै प्यानल रहेको बताइएको छ।

कागेश्वरी–मनहरामा उद्धव दाहाल

कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन्। शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवानिकट दाहाल एक सय ५१ मत पाएर विजयी भएको कांग्रेस काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए । उनका प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले एक सय ३८ मत पाएका छन्।

तारकेश्वरमा कृष्णहरि महर्जन

कांग्रेस तारकेश्वर नगर समिति सभापतिमा कृष्णहरी महर्जन विजयी भएका छन्। शनिबार भएको नगर अधिवेशनमा सभापतिमा एक सय ३५ मत प्राप्त गरी महर्जन विजयी भएका हुन्। सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो।

महर्जनका प्रतिस्पर्धी श्रीराम थापाले एक सय १४ मत ल्याए भने अर्का प्रत्यासी मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाए । महर्जन कांग्रेस नेता भीमसेन दास प्रधान निकट भने थापा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन्।

यस्तै उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन्। तिमिल्सिनाले एक सय २३ मत र अर्यालले एक सय २५ मत पाए। त्यस्तै सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन्। सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ।

शंखरापुरमा दीलिपकुमार श्रेष्ठ

कांग्रेस शंखरापुर नगरपालिकाको सभापतिमा दीलिपकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले सभापतिका लागि भएको मतदानमा खसेको कूल एक सय ५७ मतमध्ये ८६ मत प्राप्त गरे । यस्तै उपसभापति (दुई जना) मिलन खड्का र अमित प्रधान विजयी भएका छन् । सचिवमा पनि दुई जना रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भएका छन्।

टोखामा ओम विमली

नेपाली कांग्रेस टोखा नगर सभापतिमा ओम विमली विजयी भएका छन् । एक सय १७ मत प्राप्त गरी विमली विजयी भएका हुन् । उनका प्रतिष्पर्धी दीपक जोशीले एक सय ६ मत प्राप्त गरे । उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी, सचिवमा नरेन्द्र बाँनिया र द्वारीका कुँइकेल र सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति श्रेष्ठ निर्वाचित भएका छन् ।

गाेकर्णेश्वरमा कुमार लामा

नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा विजयी भएका छन् । लामा एक सय नौ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी, रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे । उपसभापतिमा विकाश श्रेष्ठ र बच्चु ढुंगेल, सचिवमा जयराम विष्ट र रमेश रिजाल तथा सहसचिवमा अशोक नेपाल र गोकुल सिम्खडा निर्वाचित भएका छन् ।

नागार्जुनमा दुर्गा गौतम

नागार्जुन नगर सभापतिमा दुर्गा गौतम विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट उनी सभापतिमा विजयी भएका हुन् ।
११ वटा पालिका मध्ये काठमाडौं महानगरमा नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि मतदान जारी छ । कीर्तिपुर र चन्द्रागिरिमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् । दक्षिणकालीमा भने वडा नम्बर २ को वडा अधिवेशन नै सम्पन्न हुन नसकेकाले पालिका अधिवेशन अनिश्चित बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.