यातायात व्यवसायीकाे सडकमै गाडी तेर्साएर आन्दोलन, यात्रुलाई सास्ती

डिसी नेपाल
१८ असोज २०७८ १२:३०
204
Shares

काठमाडौं। भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले उपत्यकामा सार्वजनिक यातायातका साधनहरु सडकमा तेर्साएर आन्दोलन थालेका छन् । बढेको भाडादर कायम नभएको भन्दै यातायात व्यवसायीहरुले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका हुन्।

उपत्यकाको विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सडक ल्याएर सडक नै अवरुद्ध पारेपछि ट्राफिक व्यवस्थापनमा समस्या परेको छ भने यात्रुले सास्ती खेप्नु परेको छ । सरकारले यसअघि बढाएको भाडादर समायोजन नगरेको भन्दै आन्दोलनमा उत्रने परेको यातायात व्यवसायीले बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्मा दासले भने बढी भाडा लिने सवारी साधनलाई कारवाही गर्न खोज्दा व्यवसायीहरू आन्दोलनमा उत्रिएको बताए । ‘तोकिएको भन्दा बढी भाडा लिने ५१८ गाडीलाई कारवाही गर्न खोजेपछि विरोधमा उत्रिएका हुन्,’ दासले भने।

उपत्यकाको रिङरोड, चाबहिल, जोरपाटी लगायतका क्षेत्रमा सवारी साधन सडकमा ल्याएर सडक अवरुद्ध बनाएको छन्। कार्यालयको समयमा यातायात बन्द हुँदा कर्मचारी तथा सवारी कुरेर बसेका यात्रुहरू गन्तव्यमा पुग्न पाएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.