चारवटा विधेयक विधायन समितिमा पठाउन राष्ट्रिय सभाको स्वीकृत, अर्काे बैठक २४ असोजमा

डिसी नेपाल
१८ असोज २०७८ १२:३३
52
Shares

काठमाडौं। राष्ट्रिय सभाको बैठक २४ असोजमा बस्ने भएको छ। सोमबार बसेको बैठकमा विभिन्न अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए।

यस्तै, विभिन्न विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको छ। राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको, आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो।

यसैगरी, महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेस गरिएको सोमबारको बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७, र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *