अहिलेको सबै खेल सत्ताकै लागिः महन्थ ठाकुर

डिसी नेपाल
१८ असोज २०७८ १६:४१
36
Shares

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबै खेल सत्ताकै लागि भइरहेको बताएका छन्।

सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले आफूहरु सरकारमा जानुभन्दा पनि मधेश मुद्दा सम्बोधन होस् भन्न चाहेको बताए ।

लोसपाका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम जसपाले गरिरहेको आरोप लगाए । आगामी निर्वाचनमा जसपासँग गठबन्धन नहुने उनको भनाइ छ ।

‘हामीले एकता गरेर बलियो पार्न खोज्यौं । उपेन्द्रजीले निर्वाचन आयोगमा गएर फुटाएको आरोप लगाए । आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग कुनैपनि हालतमा गठबन्धन गर्दैनौं,’ उनले भने ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन भएको थियो ।

वरिष्ठ नेता महतोले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *