कांग्रेस अधिवेशनः गोरखा सभापतिमा नन्दप्रसाद न्यौपाने
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गोरखा जिल्लामा भएको जिल्ला तहको अधिवेशनमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका छन्।
आज भएको मनोनयन दर्तामा उनको मात्र उम्मेदारी पेश भएपछि निर्विकल्प रुपमा सभापतिमा चयन भएका हुन्। विद्यार्थी राजनीतिबाट उदाएका न्यौपाने गोरखा जिल्लाको नेविसंघको सभापति हुदैँ यसअघि जिल्ला सचिवको जिम्मेवारीमा रहेका थिए।
उपसभापति, सचिव, सहसचिव, सदस्यलगायत पदमा भने दुई जनाभन्दा धेरैले उम्मेदवारी दर्ता गराएपछि मंगलबार बिहान ८ बजेदेखि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment