१० हजार ८७४ परीक्षण गर्दा १ हजार ३० जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १० हजार ८७४ जनाको परीक्षण गर्दा १ हजार ३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९८१ परीक्षण गर्दा २१८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १० जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment