वैदेशिक रोजगारीको कहरः कसैका शव, कसैका अस्तु आए

डिसी नेपाल
१८ असोज २०७८ १९:४५
64
Shares

खोटाङ । वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७\०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारका मिलन दर्जी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका ५ चिप्रिङका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेका धनशेर राईको ज्यान गएको हो ।

यस्तै, मलेसिया पुगेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १४ बुइपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका ६ हौँचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका ७ सुङदेलका छत्रे भुजेल र साकेला गाउँपालिका ३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको राईले बताए ।

दर्जीको २ असोज २०७७ मा मृत्यु भएको हो । २०७६ सालमा साउदीअरेबिया पुगेका बर्देवाको एक्कासि पेट दुखेर अस्पताल लैजाने क्रममा १३ मंसिर २०७७ मा मृत्यु भएको बताइएको छ ।

अनिलको भने कोभिडऔ १९ को संक्रमणका कारण मृत्यु भएको हो । प्रवासी नेपाली समन्वय समिति, दूतावासलगायतको पहलमा कतिपय मृतकको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले बताए । चालू आर्थिक वर्षमा केपिलासगढी गाउँपालिकाका एक जनाको मृत्यु भएको सामीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.