सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

डिसी नेपाल
१८ असोज २०७८ २२:०८
36
Shares

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङविरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो । सिभिल सहकारीबाट तामाङले ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा विभिन्न समूहले उजुरी दिएका हुन् ।

ठगी गरेको उजुरी परेपछि ब्यूरोको टोलिले उनलाई पक्राउ गरेको ब्युुरोप्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।

तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका अध्यक्षसमेत हुन् । तामाङ पूर्वसांसदसमेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.