स्वघाेषणा गरेर कात्तिकभित्र फाइबर-पोलको भाडा बुझाउन प्राधिकरणकाे निर्देशन

डिसी नेपाल
१९ असोज २०७८ ७:२०
92
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र अप्टिकल फाइबर र पोलको भाडा बुझाउन इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकलाई निर्देशन दिएको छ।

विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकले स्वघोषणा गरी कात्तिकभित्र भाडा बुझाइसक्नुपर्ने छ।

कात्तिकभित्र सम्झौता नवीकरण नगरेमा प्राधिकरण स्वंयमले भाडा निर्धारण गरेर असुल गर्ने चेतावनी सार्वजनिक सूचना जारी गरेर दिएको छ।

प्राधिकरणले यसअघि पनि १५ दिनको समयसीमा दिएको थियो । तर, भाडा नतिरेपछि सांकेतिक स्वरुप गत शनिबार विभिन्न क्षेत्रमा इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको तार काटिदिएको थियो। यसबारे दीर्घकालीन समस्या समाधानका लागि सञ्चार मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.