इच्छाराजकाे समूह पक्राउ गर्नुकाे कारणबारे जानकारी दिन सिआइबीले पत्रकार सम्मेलन गर्दै
काठमाडौं । निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितलाई प्रहरीले कहीबेरमा पत्रकार सम्मेलन गरी सर्वजनिक गर्ने भएको छ।
सिभिल सहकारीको निक्षेप ठगी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका तामाङ र उक्त सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहितका १२ जनालाई बिहान ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगीको विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी दिए। ‘सोमबार बेलुकी पक्राउ गरियो, बयान लिन पाइएकै छैन’ महोले भने, ‘आज पत्रकार सम्मेलन गरेर प्रारम्भिक विवरण सार्वजनिक गर्छौं बाँकी अनुसन्धान जारी रहन्छ ।’ उनीहरू सिआइबीकै नियन्त्रणमा छन्।
पक्राउ पर्ने तामाङ र श्रेष्ठ नाताले भाञ्जीज्वाइँ र मामाससुरा हुन्। श्रेष्ठ सिभिल होम्सका सञ्चालक समेत हुन् । तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए। उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ४६ करोड रुपैयाँ ठगीको जाहेरी दिएपछि पक्राउ गरिएको ब्युरोले जनाएको छ।
तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ। सिभिलले आठ अर्ब ३५ करोड १० लाख ८०० रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेकोमा सात अर्ब रुपैयाँभन्दा बढी तामाङ आफैंले कर्जा लिएको खुलेको छ।
निक्षेपकर्ताको लामो प्रयासपछि उनीहरू पक्राउ परेका हुन्। साढे तीन हजार बढी बचतकर्ताको विचल्ली बनाएर तामाङ र श्रेष्ठ कहिले अमेरिका त कहिले कुन देशमा लुकेर बस्ने गरेको निक्षेपकर्ताकाले बताएका छन्।







डिसी नेपाल








Facebook Comment