सरकारी गाडी किन्दै जाने, कहाँ चलाइरहेको छ थाहा नहुने ?

डिसी नेपाल
१९ असोज २०७८ १६:१२
96
Shares

काठमाडौं । संसदको दिगो विकास तथा सुसासन समितिमा अर्थमन्त्री जनार्दन शर्माले सरकारी गाडीको विवरण माग गरेको छ । शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको जानकारी दिए ।

उनी भन्छन् , ‘सरकारी सम्पत्ति कति छ थाहा छैन, गाडी किन्ने माग अहिले पनि आइरहन्छ, त्यसैले मैले सरकारी गाडीको लिस्ट मागेको छु ।’ ‘गाडी चाहियो भनेर भन्छन् तर, कति चाहिने हो, त्यो रेकर्ड चाहियो, रेकर्ड कतै भेटिँदैन, किन्दै जाने, कहाँ चलाइरहेको छ, थाहा नहुने ?’ उनले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *