भक्तपुरको तलेजु मन्दिरमा यस वर्ष बली दिन नपाइने
काठमाडौं। भक्तपुरको तलेजुमन्दिरमा यस वर्षको विजया दशमीमा बली नदिन भक्तपुर नगरपालिकाले निर्देशन दिएको छ। पालिकामा बसेको बैठकले पछिल्लो समय कोरोना महामारीको जोखिम अन्त्य नभएको र भीडभाडले थप जोखिम बढ्ने सक्ने भएकोले उक्त निर्णय गरेकाे हाे।
बैठकले कोभिड-१९ रोगको संक्रमण घट्दै गए पनि त्यसको जोखिम भने अझै कायम रहेकोले सामान्य रुपमा दसै मनाउने र भक्तपुर तलेजुभित्र हुने सबै पूजामा बली नदिई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई पुजारीबाट नित्य पूजा मात्र गर्ने व्यवस्था मिलाई भीडभाड नगरी भाैतिक दूरी कायम गर्न अनुरोध गरेको छ।
नगरपालिकाका मेयर सुनिल प्रजापतिले कोभिडको संक्रमण महामारीमा पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, भाैतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई आह्वान गरेको बताए।
भक्तपुरमा घटस्थापनादेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्तिपीठमा लगायत धार्मिक स्थलमा हुने मेला, पूजा र नवरात हुने गर्छ । सो क्षेत्र थप जोखिम हुन भएकोले पालिकाले सरोकारवाला निकायसँग छलफल गरेकाे हाे ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी रहेकाले भाैतिक दूरी कायम गर्न आह्वान गरे ।







डिसी नेपाल








Facebook Comment