जगणनाका गणकको ‘सर्ट लिस्ट’ सार्वजनिक
काठमाडौं। राष्ट्रिय जनगणनाको मूल गणना कार्यका लागि आवश्यक गणकहरूको ‘सर्ट लिस्ट’ गर्ने काम सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले ‘सर्ट लिस्ट’मा परेका गणकलाई १ देखि ५ कात्तिकसम्ममा सम्बन्धित जिल्लाका जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
गणक तालिम स्थानीय जनगणना कार्यालयमा १३ देखि १६ कात्तिकसम्म हुनेछ। सर्ट लिस्ट गरिएका गणकको नतिजा विभागको वेबसाइट https://cbs.gov.np वा https://www.censusnepal.cbs.gov.np/ मा हेर्न सकिन्छ। नतिजा हेर्न दरखास्त फारममा उल्लेख गरिएको मोबाइल नम्बर वा एनपीएचसी नम्बर इन्ट्री गरी हेर्न सकिन्छ ।
२५ कात्तिकदेखि ९ मंसिरसम्म संचालन हुने मूल गणनामा ३९ हजार गणकका लागि आवेदन माग गरिएको थियो । झण्डै एक लाख ५० हजारले आवेदन दिएका थिए । तर, विभागले आवश्यक गणकको संख्याभन्दा ३० प्रतिशत बढी गणकलाई सर्ट लिस्ट गरिएको बताएको छ ।
सर्ट लिस्टमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिएको विभागको भनाइ छ । यसका अतिरिक्त रोजेका ठाउँको संभाव्यता, विगतमा गरेको कामको अनुभव, शैक्षिक योग्यताको श्रेणी आदिलाई आधार मानेर नतिजा सार्वजनिक गरिएको बताइएको छ।







डिसी नेपाल








Facebook Comment