प्रहरी दिवस : अमर प्रहरी परिवारका ३३ जनालाई आज सम्मान गर्दै प्रधानमन्त्री

डिसी नेपाल
२० असोज २०७८ ७:३८
88
Shares

काठमाडौं। नेपाल प्रहरीको ६६औं स्थापना दिवसका अवसरमा सहिद अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदैछ। प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच बुधबार आज ३३ जनालाई सम्मान गर्न लागेको हो ।

समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने, परिवारलाई कदर पत्र दिएर सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

यो वर्ष विरगति प्राप्त गरेका प्रहरीहरुका परिवारलाई यो सम्मान प्रदान गर्न लागिएको हो। कार्यक्रममा यो वर्ष उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानलाई पनि सम्मानित गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशैभरी प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालयमा प्रहरी दिवस मनाइँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.