आफ्नै देशका नागरिकलाई बन्धक बनाएको आरोपमा दुई पाकिस्तानी पक्राउ
काठमाडौं । पाकिस्तानी नागरिकले पाकिस्तानीलाई नै बन्धक बनाएको आरोपमा पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले जेसन मोहम्मद र ताज रजवाजलाई पक्राउ गरेको हो ।
आफ्नै मुलुकका नागरिकलाई क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्धक बनाइएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
ललितपुर प्रहरी परिसरका अनुसार फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्धक बनाएका थिए ।
उनीहरुले बन्धक बनाएपछि २० हजार डलर बार्गेनिङ गरेको पीडित फैजानले प्रहरीलाई बताएका छन् । सो विषयमा प्रहरीले नेपालस्थित पाकिस्तानी दूतावासलाई पनि जानकारी गराइसकेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment