मन्त्रीको नाम बोकेर माधव नेपाल बालुवाटार पुगे

डिसी नेपाल
२१ असोज २०७८ १४:३८
412
Shares

काठमाडौं। मन्त्रालय भागबन्डामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। नेता विरोध खतिवडाले संख्यामा भन्दा पनि मन्त्रालयमा असन्तुष्टि रहेको बताए।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राम्रो मन्त्रालय र बढी मन्त्रालय पाउनुपर्ने आफूहरूको धारणा रहेको बताए। संख्यामा भन्दा पनि राम्रो मन्त्रालय पाए नयाँ पार्टीलाई सहज हुने उनको भनाइ थियो।

अहिले बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको र त्यसमा अध्यक्ष नेपालले आफ्नो कुरा राखेर टुंग्याउने उनले बताए। मन्त्रालयको संख्या र कुन मन्त्रालय लिने भन्ने टुंगो अहिलेको बैठकले लाउने उनको भनाइ छ।

स्थायी कमिटीले मन्त्री टुंगो लाउने जिम्मा अध्यक्षलाई दिएको र अध्यक्षले बालुवाटारमा मन्त्रीहरूको नाम दिने खतिवडाले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *