हराउँदै पिङ संस्कृति

डिसी नेपाल
२३ असोज २०७८ १६:२३

काठमाडौँ । नेपालीको महान पर्व दशैंमा अनिवार्यजस्तो बनेको पिङ हाल्ने र खेल्ने परम्परा विस्तारै हराउँदै गएको छ। जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा दशैं देखि तिहारसम्म पिङ हालेर खेलिने चलन हराउँदै गएको हो। दशैंका बेला बस्ती र टोलहरूमा पिङ हाल्नका लागि आतुर हुने र खेल्न तँछाडमछाड गर्ने देखिन्थ्यो तर पछिल्ला वर्षमा युवा पुस्तालाई पिङप्रति चासो नै छैन। सोही कारण संस्कृति नै हराउन थालेको हो।

‘दशैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेका छन् ।

म्याग्दीका गाउँदेखि ठूला शहरबजारमा हिन्दूको महान् चाड दसैं आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन थालेका हुन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन । विगतमा दसैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौँ दर्जन लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्यो । विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ ।

केही वर्षअघिसम्म दशैँ, तिहारजस्ता चाडपर्वमा गाउँ शहर जताततै लिङ्गे पिङ हालिन्थ्यो, आआफ्ना साथीभाइ, दौतरीसँग भेला भएर चचहुइई गर्दै पिङमा मच्चिएर रमाइलो गरिन्थ्यो तर पछिल्लो समय गाउँगाउँमा खेलिने लिङ्गे पिङको चलन बिस्तारै हराउँदै गएको म्याग्दीका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकले बताएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *