कुपण्डोलबाट १५ क्विन्टल विष्फोटक पदार्थसहित एक पक्राउ

डिसी नेपाल
२४ असोज २०७८ १३:४२
184
Shares

काठमाडौं। प्रहरीले ललितपुरको कुपण्डोलबाट १५ क्विन्टल विष्फोटक पदार्थ बरामद गरेको छ । महानगरीय अपराध महाशाखाले कुपण्डोलबाट १५ सय किलो विष्फोटकसहित एक जनालाई पक्राउ गरेको हो ।

पटाका, भुइँचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थसहित उमेश कुमार जैसवाललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पछिल्लो समय नेपालमा यस प्रकारका विष्फोटक पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाइएको भए पनि गैरकानुनी रुपमा यस्ता पदार्थको तस्करी हुने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.