मुख्यमन्त्री शाक्यको पदको छिनोफानो दसैँपछि मात्र
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने प्रस्ताव पेस गभएकी छन्। उक्त प्रस्तावउमा २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ ।
मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ मा बस्नेगरी बैठक स्थगित गरेका छन् ।
१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन्। प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।
प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन्। गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन्।
यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने संघको सत्ता गठबन्धनको तयारी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment