हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्छौंः गृहमन्त्री खाँण

डिसी नेपाल
२४ असोज २०७८ २०:००
68
Shares

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् ।

गृहमन्त्री खाँणले उनीहरुको हत्यामा संलग्नहरूलाई तत्काल कडा भन्दा कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्। आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए।

त्यसक्रममा महिला अधिकारकर्मीहरूले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए। महिला सुरक्षा दबाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाव दिनु परेको बताइन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *