जनताको काम ढिलासुस्ती नगर्नु
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।
मन्त्रीमा नियुक्त भएर गृहजिल्ला आएको अवसरमा जिल्ला समन्वय समितिमा आज आयोजित तनहुँका कार्यालय प्रमुखहरुलाई श्रेष्ठले सेवाग्राहीलाई सरल तरिकाले सेवा दिन निर्देशन दिएका हुन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको शान्ति सुरक्षा र समग्र वस्तुस्थितिका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराए। सो क्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखको सहभागिता थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment