गण्डकीमा गल्ती सच्याउँदै कांग्रेस, डोबाटे विश्वकर्मा मन्त्री बन्ने

डिसी नेपाल
२५ असोज २०७८ १२:२१

पोखरा। गण्डकीमा एकजना मन्त्री थपिने भएको छ। तनहुँका कांग्रेस सांसद डोबाटे बिश्वकर्मालाई बिना विभागीय मन्त्री बनाउन लागिएको हो। उनको सोमबार साँझ शपथग्रहण कार्यक्रम छ।

यसअघि मन्त्रिपरिषद विस्तारमा बिकलाई मन्त्री बनाउने भनिए पनि अन्तिम समयमा नाम काटिएको थियो । योसँगै गण्डकीमा संविधानले दिएको अधिकारअनुसार मन्त्री संख्या पूर्ण भएको छ। ६० सांसद रहेको गण्डकीमा २० प्रतिशत अर्थात् १२ जना मात्रै मन्त्री बन्न पाउँछन् ।

गण्डकीमा कांग्रेस नेतृत्वमा माओवादी, जसपा र जनमोर्चाको गठबन्धन छ । प्रदेशमा कांग्रेसबाट ६, माओवादीका चार, जसपाका एक र एकजना स्वतन्त्र सांसद मन्त्री छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *