कांग्रेस महामन्त्री खड्का कोरोना मुक्त

डिसी नेपाल
२५ असोज २०७८ १५:२१
48
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का आज सोमबार कोरोना मुक्त भएका छन्। असोज १२ गते स्वास्थ्यमा समस्या आएपछि (एपीएफ)अस्पताल बलम्बुमा भर्ना भएका खड्काको रिपोर्ट कोराना भाइरसको संक्रमण देखिएपछि १३ दिनपछि उनी कोरोना मुक्त र डिसचार्ज भएका हुन्।

कोरोना मुक्त भएपछि खड्काले आफ्नो उपचारमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई प्रसंसा दिदै आभार प्रकट गरेका छन्। उनले भनेका छन्, ̔अस्पताल भर्ना भए देखि आज बिदा हुँदासम्म अस्पतालका प्रमुख, चिकित्सकहरु ,स्वास्थ्यकर्मीहरु,सहयोगीहरु बाट म लगायत त्यस अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्य उपचारका क्रममा संलग्न सबैबाट प्राप्त उत्कृष्ट मानविय व्यवहार,उपचार प्रति देखाईएको सजकता,अहोरात्र नियमित परिक्षणको अटुटता लगायत प्राप्त आत्मिय स्वास्थ्य सेवाका लागि अस्पताल प्रमुख, चिकित्सकहरु, नर्सहरु, स्वास्थ्यकर्मि, सहयोगिकर्मि लगायत सबैमा हृदयदेखिनै हार्दिक आभार व्यक्त गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *