निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ : नेता राई

डिसी नेपाल
२६ असोज २०७८ १२:४३

चितवन । जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन्। चितवनमा पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका हुन्।

उनले भने, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उनले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए। गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो।

अहिलेको सरकार सङ्कटकालीन अवस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौती पार गर्नुपर्ने अवस्था रहेको राईले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *