आजदेखि बागमती प्रदेशमा सवारी साधनकाे भाडा वृद्धि (सूचीसहित)

डिसी नेपाल
१ कार्तिक २०७८ १४:३०
1.0k
Shares

काठमाडौं। बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर आजदेखि बढेको छ। बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरी काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुटमा भाडादर बढाएको हो।

काठमाडौं उपत्यकामा २८ प्रतिशत र काठमाडौं उपत्यकादेखि बाहिर २३ प्रतिशत भाडा बृद्धि भएको हो। प्रदेश सरकारले दसैं अघिदेखि नै भाडादर बृद्धि गरे पनि दसैंमा घर जानेलाई अफ्ठोरो हुने भन्दै आजदेखि लागु गरेको भाैतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश सरकारले सूचनामार्फत जानकारी दिएकाे छ।

नयाँ लागु भएको भाडादर अनुसार ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँ तिर्नु पर्ने छ। यस्तै, १० किलोमिटरसम्मको २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ, २० किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथिको ३५ रुपैयाँ भडादर तोकिएको छ।

यातायात व्यवसायिले २०६३ सालदेखि सार्वजनिक यातायताको भाडदर वृद्धि नभएको भन्दै आन्दोलन गरेका थिए । ६३ सालमा प्रतिलिटर ७३ रुपैयाँ पेट्रोलको मूल्य हुँदा तोकिएको भाडा पेट्रोल प्रतिलिटर ११० रुपैयाँ भएपछि बाग्मती प्रदेशले भाडा बढाएको छ। अहिलेसम्म अन्य प्रदेशमा पुरानै भाडादर लागु भएको यातायात व्यवसायिले बताएका छन्।

पहिले २० रुपैयाँ भाडा भएको दुरीमा अब २५ रुपैया भाडा तोकिएको छ। बाग्मति प्रदेशका सचिव अशोक कुमार शाहले जारी गरेको सूचना अनुसार पहिले गाडी चढेर नजिकै झर्दा १५ रुपैयाँ भाडा थियो भने, अब डिलक्स भन्दा बाहेकका सार्वजनिक सवारीले १८ रुपैयाँ भाडा लिने छन। डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहब सवारीले नयाँ भाडादरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन्।

प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भक्तुानी नियमावली २०७८ को नियम ६ को उप नियम (२) को अधिकार प्रयोग गरी भौततक पूूर्वाधार विकास मन्त्रालयल, बागमती प्रदेशको असोज २० को निर्णय अनुसार आजदेखि भाडा वृद्धि गरिएको भौतिक पूर्वाधार विकास मन्द्यत्रालय बागमती प्रदेश सरकारले सूचनामा जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.