मधेशलाई रिझाउन नसके आगमी निर्वाचनमा कांग्रेसलाई ठूलो घाटा

डिसी नेपाल
१ कार्तिक २०७८ २१:१३
68
Shares

काठमाडौं। सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरेका छन् ।

विगत केही दिनदेखि गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले पार्टीको जनधार मधेश नै रहेकोले मधेशलाई विश्वासमा लिनुको विकल्प नरहेको बताए ।

कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको भन्दै नेता निधीले भने,‘ कांग्रेस जहिले पनि मधेशकै भोटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोगबिना कांग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ ।’

मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको र शुभकामना पनि दिएको नेता निधिले बताए । पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गर्दै नेता निधिले भने, ‘पार्टीका अधिकांश शीर्ष नेताहरूले पार्टीलाई मधेशको सहयोगको अति आवश्यक छ, तपाईं अगाडि आउनुस्, हामी सहयोग गर्छौं भनेर आश्वासन पाएको छु । र मलाई लाग्छ उहाँहरूले मलाई सभापतिमा सहयोग गर्नुहुन्छ ।’ पार्टीका शीर्ष नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतसँग सभापतिको विषयमा निरन्तर छलफल भइरहेको नेता निधिले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *