रुबी खानले तोडिन् आमरण अनशन

डिसी नेपाल
२ कार्तिक २०७८ १५:४०

काठमाडाैं। काठमाडौंमा आमरण अनशनरत रुबी खानले १२ दिनपछि अनशन तोडेकी छन्।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले १३ दिन लामो अनसन तोडेकी हुन्। उनका माग सम्बोधन गर्न सरकारले सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएपछि खानले अनशन तोड्न सहमत भएकी हुन्।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १५ जनाको टोली २० दिन हिँडेर काठमाडौं आएको थियो। काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनशन थालेकी थिइन्।

रूबी खानले यो अनसन स्थगितमात्रै भएको बताएकी छन्। घटनाबारे सत्यतथ्य बाहिर नआए योभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *