आज एमाले स्थायी कमिटी बैठक बस्दै

डिसी नेपाल
४ कार्तिक २०७८ ७:२६
52
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

तामाङका अनुसार एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ। आगामी महाधिवेशन नै मुख्य एजेण्डा रहने उनले बताए।

आउँदाे मंसिर १० देखि १२ गतसम्म नेकपा एमालेकाे १०औँ राष्ट्रिय महाधिवेशन तय भइसकेको छ। जसअनुसार ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ।

आजको बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन्। राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेशलाई बैठकको एजेण्डा बनाइएको छ।

विधान महाधिवेशनको समीक्षा गरिनेछ। एमालेको प्रथम विधान महाधिवशेन १५-१७ असोजमा भएको थियो।

यसैगरी, असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोले ९२ जनाको ज्यान गएको छ भने धानबाली नष्ट भएको छ । यो विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *