पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द

डिसी नेपाल
४ कार्तिक २०७८ ११:५२

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो। उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन्।

त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बनेकी थिइन्। तर, अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री ओलीलाई भेट गरेकी छन्।

उनले भेटघाटको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विविध विषयमा छलफल भएको जानकारी दिएकी छन्। ‘विविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो।

सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा धन्यवाद’ करिश्माले लेखेकी छन्। उनीसँगै भेटघाटमा कलाकार जितु नेपाल र गायिका तथा सांसद कोमल वली पनि उपस्थित थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *