बैतडीको आकाशमा हेलिकोप्टरबाट तीन चक्कर लगाएर फर्किए प्रधानमन्त्री देउवा

डिसी नेपाल
४ कार्तिक २०७८ १५:२३

बैतडी । प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका ५ ढुंगाडको अवलोकन गरेका छन् ।

गत आइतबारदेखिको अविरल वर्षाले सेती नदीमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमणपछि देउवा डडेल्धुरा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अनुगमन गरेका छन् । आकाशमा तीन चक्कर लगाएर अनुगमन गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका व्यक्तिसँग भेट गरी डडेल्धुरा प्रथान गरेका छन् ।

देउवाले करिब २० मिनेट जति स्थानीयसँग भलाकुसारी गरेको स्थानीय घनश्याम धामीले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले बढीमा ३ मिनेट सम्बोधन गर्नुभयो । हाम्रा समस्याका बिषयमा केही व्यवस्था गरिसकेको र केही अब गर्ने कुरा राख्नुभयो । अन्य जिल्लामा पनि कार्यक्रम रहेको भन्दै फर्किनुभयो ।’ प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याबारे ज्ञापनपत्र बुझाएका छन् ।

वर्षाका कारण सेती नदीमा बाढी आएपछि सिगास ५ ढुंगाडको करिब २ सय रोपनी धानखेत बगरमा परिणत भएको छ भने ५ घर भक्तिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *