गठबन्धन निर्वाचित तानाशाहविरुद्ध उभियोः राजेन्द्र पाण्डे

डिसी नेपाल
४ कार्तिक २०७८ १७:३४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहविरुद्ध गठबन्धन उभिएको बताए ।

बाग्मती प्रदेशसभाको बिहीबारको बैठकमा उनले गठबन्धन निर्वाचित तानाशाहविरुद्ध उभिएकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन नसक्ने बताए ।

शाक्यलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै उनले मुख्यमन्त्री शाक्यविरुद्ध उभिनुपर्ने दिन आएको बताए ।

बिहीबारको जारी बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्दै प्रस्ताव पेस प्रस्तुत गरेकी छन् ।

उक्त प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो । यता गठबन्धनसँग ५९ जना सांसद रहेका छन् ।

गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३ र जसपाका एक जना सांसद छन् । यसैबीच प्रदेशसभा विवेकशील साझाका दुई र नेमकिपाका दुई र राप्रपाका दुई जना सांसद छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *