बुटवलमा प्रस्तावित एमाले १०औँ महाधिवेशन चितवन सर्‍यो

डिसी नेपाल
४ कार्तिक २०७८ १९:२७

काठमाडौं । नेकपा एमालेले पार्टीको १०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।

स्थायी कमिटी सदस्य विष्णु रिमालले आजको स्थायी कमिटी बैठकबाट रामबहादुर थापा बादलको संयोजकत्वमा महाधिवेशन मूल व्यवस्थापन सिमिति २१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् ।

एमाले महाधिवेशन १०-१२ मंसिरमा हुँदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *