१०बुँदे कार्यदलले भोलि स्थायी कमिटीमा सुझाव प्रस्तुत गर्ने, ९७ प्रतिशत कार्यान्वयन भएको दाबी

डिसी नेपाल
४ कार्तिक २०७८ २१:३१

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको दाबी गरेको छ । १० बुँदेलाई पार्टीभित्र १० भाइ असन्तुष्ट रहेका खबरहरु आइरहेका बेला प्रवक्ता ज्ञवालीले ९७ प्रतिशतभन्दा बडी कार्यान्वयन भएको बताए ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा देखिएको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको बताए ।

‘आज १० बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलको बैठक पनि बसेको थियो । त्यो कार्यदलले सुझावहरु भोलि स्थायी कमिटीमा प्रस्तुत गर्नेछ । धेरै कमिटी २ जेठमा फर्किसके । केही फर्किँदै छन् । पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई पनि समेटेर पार्टी गइसकेको छ । स्थानीय अन्तरविरोध हुनसक्छन् । त्यहाँ छलफल गरेर टुंग्याउँछौं । अधिकांश ठाउँमा कार्यान्वयन भइसकेको छ । बाँकी ठाउँमा पनि कार्यान्वयन गर्छौं,’ उनले भने ।

ज्ञवालीले १० बुँदे प्रस्ताव सिंगो पार्टीको प्रस्ताव भएको अपनत्व लिएर कार्यान्वयनमा गएको उल्लेख गरे । ‘९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको छ । केही ठाउँमा भएको छैन । कार्यदलले सुझाव दिन्छ । भोलि छलफल हुन्छ । स्थायी कमिटीबाट थप निर्णय हुन्छ ।’

ज्ञवालीले पार्टीको वडा र स्थानीय तहको निर्वाचन आमरुपमा तोकिएकै मिति ६ कात्तिक र ९ कात्तिकमै अधिवेशन हुने बताए । ‘तर जहाँ बाढी पहिरो डुबानले प्राकृतिक विपत्तिले गम्भीर असर पारेको छ त्यहाँ केही दिन पर सार्ने निर्णय भएको छ । तर कात्तिकभरिमा हामी सबै वडा र तहमा अधिवेशन गरिसक्छौं,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *