प्राकृतिक विपत्तिमा परेकाबाहेक सबै ठाउँमा तोकिएकै मितिमा एमालेको वडा र पालिका अधिवेशन हुने
काठमाडौं । नेकपा एमालेको वडा तथा पालिका अधिवेशन तोकिएकै मितिमा हुने भएको छ ।
बिहीबार च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको वडा र स्थानीय तहको निर्वाचन आमरुपमा तोकिएकै मिति ६ कात्तिक र ९ कात्तिकमै अधिवेशन हुने बताए ।
‘तर जहाँ बाढी पहिरो डुबानले प्राकृतिक विपत्तिले गम्भीर असर पारेको छ त्यहाँ केही दिन पर सार्ने निर्णय भएको छ । तर कात्तिकभरिमा हामी सबै वडा र तहमा अधिवेशन गरिसक्छौं,’ उनले भने ।
प्रतिक्रिया
Facebook Comment