रसुवाका पाँचवटै गाउँपालिकामा एमाले अधिवेशन, सर्वसम्मत नेतृत्व चयन
रसुवा । रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न भएको छ। मंगलबार भएको अधिवेशनले जिल्लाका पाँचवटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेकाे छ।
अधिवेशनले कालिका गाउँपालिका अध्यक्षमा टीका देवकोटा, उपाध्यक्षमा गणेश पौडेल, सचिवमा विक्रम लोप्चन तथा उपसचिवमा दावा लाक्पा तामाङ र हरिमाया अधिकारी पौडेललाई चयन गरेकाे छ।
गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा दावामिङमर तामाङ, उपाध्यक्षमा कामीनुर्वु तामाङ, सचिवमा दावासिदार वाइवा, उपसचिवमा उर्केन तामाङ र प्रतिमा लामा चयन भएका छन्।
उत्तरगया गाउँपालिका अध्यक्षमा टुकु सुवेदी, उपाध्यक्षमा मार्सिङ तामाङ, सचिवमा बासुदेव न्यौपाने, उपसचिवमा सुमन आचार्य र आयुषा गुरुङ चयन भएका छन्।
आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षमा फुर्पुसिङ्गी तामाङ, उपाध्यक्षमा ल्हाक्पा गोम्बो तामाङ, सचिव सितेम्बा तामाङ, उपसचिवमा पेम्बा छिरिङ तामाङ र बहादुर तामाङ चयन भएका छन्।
नौकुण्ड गाउँपालिकामा अध्यक्षमा हितबहादुर न्यौपाने, उपाध्यक्ष चन्द्र तामाङ, सचिव कार्बो थोक्रा, उपसचिव सिर्जना लामा र पेम्बा नेगी चयन भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment