एमालेका वडाध्यक्षले दिए पार्टीबाट राजीनामा
काठमाडौं ।बेसीसहर नगरपालिका ६ का वडाध्यक्ष भोजबहादुर रिमालले पार्टीबाट राजीनामा दिएका छन् । रिमालले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीभित्रको अन्तर्घातका कारण पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन् ।
‘एमालेको नगर अधिवेशनमा उपस्थिति प्रतिनिधिको भावनाविपरीत उम्मेदवारको सहमति बेगर नेताको ठाडो निर्देशनअनुसार नगर कमिटीको अध्यक्ष तोक्ने जुन प्रवृत्तिको पार्टी रहेछ भन्ने बुझेकाले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment