कांग्रेस महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन भएको छ। बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि सुरु हुने गरी महाधिवेशन गर्ने कार्यतालिका तयार गरेको निर्वाचन समिति संयोजक महादेव प्रसाद यादवले डिसीनेपाललाई जानकारी दिए।
संयोजक यादवका अनुसार बाँकी रहेका वडाहरुको कात्तिक २७ गते अधिवेशन हुने छ। भने ३० गते पालिका अधिवेशन र मंसिर ३ गते सबै जिल्लामा प्रदेश अधिवेशन हुने गरी कार्यतालिका परिवर्तन गरिएको हो।
यस्तै, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र १० गते जिल्ला अधिवेशन गर्ने मिति तोकिएको यादवले जानकारी दिए। मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन प्रदेशहरुमै हुने उनको भनाइ छ।
उनले १४औँ महाधिवेशनको मितिमात्र परिवर्तन भएको स्थान काठमाडौं नै रहेको बताए। यसअघि कांग्रेसको १४औँ महाधिवेशन अन्तिमपटक मंसिर ९ देखि १३ गतेसम्मका लागि तोकिएको थियो। अहिलेका अनुसार आउदो मंसिर २७ देखि ३० गतेसम्म महाधिवेशन हुने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment